इन्टर मिलान अन्तिम आठमा

320

काठमाडौं, ६ माघ

स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ ।

घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए ।

७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

Previous articleविश्व इतिहासमा आजः अमेरिकामा एतिहासिक महिला प्रदर्शनदेखि क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
Next articleप्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य

Leave a Reply