मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब

384

काठमाडौं, ३ माघ

सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी पाएको छ ।

एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार गरेको ड्रअनुसार मछिन्द्रले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार प्रतिद्वन्द्वीसँगको भेट पक्का गरेको हो ।

खेल आगामी ५  अप्रिलमा दशरथ रंगशालामा हुनेछ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा हुनेछ ।

गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि क्लब लाइसेन्सका कारण आर्मीले यो प्रतियोगिता खेलेको थियो ।

आर्मी भने दोस्रो चरणबाट माथी उठ्न सकेन ।

Previous articleएमाले, कांग्रेस, माओवादी केन्द्र जिल्ला अधिवेशन : नेतृत्व हात पार्न नेताहरूबीच रस्साकस्सी
Next articleप्रदेश २ को राजधानी जनकपुर पारित

Leave a Reply