अफ्रिका कप अफ नेसन्स: सलाहको गोलमा इजिप्ट विजयी

596

काठमाडौं, २ माघ

सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले  अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ ।

यता, अर्काे खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ ।

समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा समान १ अंकका गिनी र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

Previous articleविश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना
Next articleआजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

Leave a Reply