जर्मन बुन्डेस लिगा: लेवान्डोस्कीको ह्याट्रिक

584

काठमाडौं, २ माघ
अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्याे । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे ।

जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । उसको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ४० अंक रहेको छ । पराजित कोइन भने समान खेलबाट २८ अंक सहित आठौं स्थानमा छ ।

Previous articleइरानका सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द
Next articleएनआरएनए विवादः निर्वाचन सम्पन्न गर्न उपसमिति गठन

Leave a Reply