फिलाडेल्फियामा घरमा आगो लाग्दा १३ जनाको मृत्यु

439

एजेन्सी
न्युयोर्क, २२ पुस

फिलाडेल्फियाामा एउटा घरमा आगो लाग्दा कम्तिमा १३ जनाको जलेर मृत्यु भएको छ । तीन तले एउटा भवनको दोस्रो तलाबाट आगो सल्किएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो नियन्त्रणमा ल्याउन करिव ५० मिनेट लागेको थियो ।

आगलागीमा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यलयले जनाएको छ । आगो बुधबार विहान साढे ६ बजे लागेको थियो । अग्नी नियन्त्रक पुग्दा ठूलो मानवीय क्षति भैसकेको प्राप्त विवरणमा जनाइएको छ ।

आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

Previous articleविनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव
Next articleझापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते

Leave a Reply