ग्रामीण जनता माध्यमिक विधालय नाम्जेको नवनिर्मित २ वटा भवन र शिलालेख उदघाटन

 

धनकुटाको सागुरिगढी गाउपालिका वडा नं ६ भेडेटार नाम्जे स्थिति ग्रामीण जनता माध्यमिक विधालय नाम्जेको नवनिर्मित विधालयको २ वटा भवन र शिलालेखको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विघालयको भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथि संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राई , प्रदेश संसद निरन राई र विनादेवि राइले भवनको उदघाटन गर्नु भएको हो । विधालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच भवन तथा शिलालेखको उद्द्याटन गरिएको हो । उद्द्याटन पछिकार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले आफ्नो पहल र कदमीमा धनकुटा जिल्लामा १ सय ५३ वटा विद्यालयको आधुनिक गुणस्तरीय भवन र ९ वटा नमुना विद्यालयको भवन नमुना विद्यालय बनाउने कार्य अगाढि बढिरहेको जानकारी गराउनु भयो । परमपरागत घोगन्ते शिक्षाले देश परिवर्तनको सम्भव नभएकोले शिक्षाको क्षेत्रमा व्यापक परीवर्तन गर्नुपर्ने मान्यताका साथ अगाडि बढीरहेको बताउनु भयो । देश किासको निम्ति सबै भन्दा महत्वपूर्ण पाटो जनशक्ति उत्पादन भएकाले दक्ष जनशक्ति उत्पादन मा जोडदिनु पर्ने बताउनु भयो । त्यस्तै उहाले जब सम्म दक्ष जनशक्क्ति उत्पादन गर्न सक्दौनौ तब सम्म देश विकास नहुने भन्दै अबको शिक्षामा श्रम सिप र बजार बजार तिन चिजको व्यवस्था हुनु पर्छ अनि मात्र हामि अगाडि बढ्न सक्छौ , भन्ने मान्यताले हिजो संघ ,प्रदेश र स्थानिय सरकार निति परिवर्तन गरेर अगाडिबढिरहेको बताउनु भयो ।

प्रदेश संसद निरन राईले कार्यक्रममा बोल्नु हुदै गठबन्धनबाट बनेको सरकार जनताको बाट असुलेको करलाई दुरुपयोग गर्दै सात वटा मन्त्रालयलाई थपेर १४ वटा बनाउदै राज्यको सम्पति दुरुपयोग गरिरहेको अरोप लगाउनु भयो । गठबन्धन सरकार बाट देशबनाउने होईन डुबाउने तर्फ लागेको बताउनुभयो । त्यस्तै शैक्षिक परिवर्तनको एजेन्डा शैक्षिक परिवर्तन गर्न सक्नेभनेको एमाले पार्टीले मात्र गर्ने उहाले दावी गर्नु भयो । प्रदेश संसद विनादेवि राईले पनि , आधुनिक युगमा शिक्षाको क्षेत्रमा सबैलाई शिक्षा क्षेत्रमा विकास हुनुपर्ने सोच विचार आउनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा आफुले बजेट छुट्टाउने काममा महत्पपूर्ण भुमिका खेलिरहेको जानकारी गराउनु हुदै प्राप्त बजेट जुन विषयलाई छुटिएको त्यही काममा लगानी गरेर र राम्रो काम गर्नुपर्ने बताउनुभयो । केपी ओली सरकारको पालामा देशैभरी गुणस्तरीय शिक्षा प्रवाह गर्नका लागि धेरै काम गर्न सफलभएको बताउनुभयो । अहिलेको गठबन्धन सरकार मन्त्रालय थपेर राज्यको सम्पक्ति सकाउने बाहेक केहि गर्ननसक्ने बताउनु भयो । त्यस्तै गरी गाउपालिका अध्यक्ष कुमारजंग याख्खाले गााउपालिकामा शैक्षिक र आर्थिक स्तर वृद्धि हुदै गईरहेको जानकारी दिनुभयो । कृषि ,खानेपानी र पर्यटन क्षेत्रको विकासले नाम्जेका जनताको आर्थिक विकासमा सुधार हुदैगइरहेको जानकारी गराउनु भयो । त्यस्तै पर्यटन विकास तथा विद्यालयको आर्थिक विकासमा लागि विघालयको जग्गामा जनजाति पार्क निमार्ण भइरहेको बताउनु भयो । शैक्षिक सहयोग विकासका लागि गाउपालिकाको तर्फबाठ भएको कामले गर्दा पालिका वासिमा क्रमस खुसी को मुहार देख्दा आफुलाई समृद्ध नेपाल सुखी नेपाल भन्ने राष्ट्रिय आकांक्ष पूरा हुदै गईरहेको अनुभुती हुने गरेको बताउनुभयो ।
वडा नं ६ का वडा अध्यक्ष हेमप्रकाश मगरले संघ प्रदेश र स्थानिय सरकारको सहयोगमा विद्यालयको भवन निमार्ण भएको मा खुसी व्यक्क्त गरेका थिए ।

गाउपालिका १८ लाख , प्रदेश रकारको सर्त अनुदान १८ लाख गरी जम्मा ३६ लाख र संघ सरकार मार्फत राष्ट्यि पुनरनिमार्ण प्राधिकरणको ६९ लाख ३० हजार लगतमा दुईतले ४ कोठे २ वटा भवन निमार्णकार्य सम्पनन भएको हो । त्यस्तै गरी प्रदेश संसद विना देवि राई संसद विकास कोष मार्फत ५ लाख लगतमा विधलयको शिलालेख निमार्ण गरिएको विधालयका प्रधानध्यापक टंक बहादुर भुजेलले जानकारी दिनुभयो । त्यस्तै गरी प्रधानध्यापक टंक बहादुर भुजेलले विद्यालयको कार्य निति तथा भावियोजना प्रस्तुत गर्नु भएको थियो । सोहि अवरसरमा विद्यालयले २६ जना भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ ।

त्यस्तै सरुवा भएर जाने १ जना सहित अवकास प्राप्त २ जना शिक्षक लाई पनिसम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै गरी सोहिकार्यक्रमको अवसर पारेर भुपु विद्यार्थि मञ्च दक्षिण कोरीयले चन्द्रबहादुर भुजेलको नेतृत्वमा १९ जनाले छात्रावृति अक्षकोष स्थापनाका लागि चन्द्रबहादुर भुजेलले विधालयका प्रधानध्यापकलाई २ लाख नगद हस्तान्तरण गरिएको छ । कार्यक्रममा गााउपालिकाको प्रमुख प्रशाससकिय अधिकृत जयराम श्रेष्ठ , कार्यपालिका सदस्य तथा सामाजिक विकास साखा प्रमुख बालकृष्ण राई , शिक्षक अभिभावक संघका अध्यक्ष टंक बहादुर मगर , नाम्जे थुम्कि होमस्टे सञ्चालन समितिका अध्यक्ष अनिल कुमार मगर लगायत विभिन्न विद्यालयका शिक्षक , अभिभावक , विद्यार्थि लगायत विभ्निन संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सहायक प्रधानाध्यापक लोक बहादुर कट्टुवालले स्वागत मन्तव्य रखेका थिए भने , शिक्षक डण्ड पानी अधिकारीले सञ्चालन गर्नु भएको थियो । त्यस्तै गरी विद्यालयको कार्यक्रममा विभिन्न समुहका विद्यार्थिले सास्कृतिक कार्यक्रम प्रस्तुत तरेका थिए उनिहरुलाई नगद ५ सय सम्मान स्वरप पुरस्कार वितरण गरिएको थियो ।