७ प्रतिशतमा आर्थिक वृद्धिदर पुर्‍याउने : अर्थमन्त्री

427

अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पु–याउने बताएका हुन् ।

आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पु–याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरूलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए । त्यस्तै बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरूमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उनले बताए । उनले भने, ‘थोरै राजश्वलाई वृद्धि गर्ने लक्ष्य हामीले थप्यौँ । हामीलाई के विश्वास छ भने, ७ प्रतिशत वृद्धि कसरी भन्ने पनि प्रश्न आएको छ, आर्थिक गतिविधि तीव्र बनाउनुपर्छ भन्ने अन्तर्गत विकासका  गतिविधिहरूलाई तीव्र बनाउने निजी र सरकारी दुवैलाई । करको दायरालाई पनि विस्तार गर्ने । देशमा उत्पादनमूलक कार्य गर्नका लागि उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरू गर्नका लागि छुटहरू दिने । बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरूमा सुधार गर्ने । भुक्तानी प्रणालीमा सरल बनाउने । न्यून बिजीकरणका समस्या छन् त्यसलाई समाधान गर्ने । भन्सारमा थप प्रविधिहरू ल्याएर अझ पारदर्शी बनाउने । लगायतका मार्फत हामी गर्न सक्छौँ भन्ने हाम्रो विश्वास व्यक्त गरेका छौँ । त्यो विश्वासलाई पुरा गर्छौ भन्ने लाग्छ ।’

प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताए । उत्पादन क्षेत्रलाई जोड दिने उनको भनाई छ । कृषि बाली बिमालाई ८० प्रतिशत पु–याउनुका साथै २०० मेगावाट भन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्र्याउन १५ वर्षसम्म कर छुट दिने उनले बताए ।

Leave a Reply