पाख्रिबासका हिडडुल गर्ननसक्ने पर्शुराम शर्मालाई पुर्व मन्त्री राई द्वरा ह्वीलचियर हस्तान्तरण ,

धनकुटा ,

पाख्रिबास नगरपालिका वडा नं ५ का हिडडुल गर्न नसक्ने पर्शुराम शर्मालाई  पुर्ब भुमि व्यवस्था सहाकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राइले ह्वीलचियर हस्तान्तरण गर्नु भएको छ ।

समाजसेबी पर्शुराम शर्मा बिगत बर्ष देखि हिड्डुल गर्न नसक्ने भएकोले उहाँको घरमा पुगि स्वास्थ्यलाभको कामना गर्दै पूर्व मन्त्री राईले हिव्ल चियर  हस्तान्तरण गर्नु भएको  वडा सचिव ठगेन्द्र अधिकारीले बताउनुभयो । समाजसेवी शर्माले  असहज परिस्थितिमा ह्वीलचियर पाउँदा आभार व्यक्त गर्नु भयो ।