धनकुटामा रहेका सरकारी कार्यालय अन्यत्र सार्न लागिएको भन्दै क्रियाशिल राजनीतिकदलकाे विरोध ,

धनकुटा  ,
धनकुटामा रहेका सरकारी कार्यालय अन्यत्र सार्न लागिएको भन्दै धनकुटामा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले मंगलबार धनकुटा बजारमा विरोध कार्यक्रम गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकिकृत समाजवादी तथा जनता समाजवादी पार्टीको संयुक्त आयोजनामा विरोध कार्यक्रम गरिएको हो । धनकुटा र तेह्रथुम जिल्ला हेर्ने तथ्यांक कार्यालय खोटाङ र पाख्रिबासमा रहेको राष्ट्रिय व्यवशायिक कृषि अनुसन्धान कार्यक्रम इलाममा सार्न लागिएको भन्दै उनीहरुले विरोध जनाएका हुन । स्थानीय मदन चोकमा आयोजित विरोधसभामा एमाले नेता तथा संघीय सांसद राजेन्द्रकुमार राई, एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष बालानन्द दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष्ँ पार्वती राई, एकिकृत समाजवादीका सुजनभाइ जोशी, राप्रपा कार्यवाहक अध्यक्ष टिकाप्रसाद घिमिरेले लगायतले कार्यालय अन्त सार्ने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन ।

धनकुटा अस्पताल स्तरोन्नतीको काम समेत संघीय सरकारको अवरोधका कारण प्रभावित बनेको उनीहरुले बताएका छन । रेशम खेति विकास कार्यालयको स्वमित्वमा रहेको जग्गा जिल्ला अस्पताललाई दिने सहमती भएपनि संघीय सरकार यसको वाधक रहेको संघिय सांसद राजेन्द्र कुमार राइले आरोप लगाउनुभयो । जिल्ला र कोशी प्रदेश सरकारबाट निर्णय भएर पूर्वाधार व्यवस्थापनका कार्य थालनी भएपनि जग्गा प्राप्तीको लागि संघीय सरकारले निर्णय दिन ढिलासुस्ती गर्दा भवन निर्माण कार्य प्रभावित बनेको छ ।

धनकुटामा सञ्चालित पाख्रिबास–मुगा–राईघाट–घोरेटार–भोजपुर सडक कालोपत्रे तथा अरुण नदीमा निर्माण गरिने पक्की पुलका लागि विनियोजित बजेट समेत कटौती गरिएको वक्ताहरुले बताएका छन । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडकको काम बजेट अभावमा अलपत्र अवस्थामा रहेको छ । सरकारले सबै पालिकामा अस्पताल बनाउने निर्णय र निर्माणाधिन आधारभूत अस्पतालको बजेट समेत कटौती भएको आरोप उनीहरुले लगाएका छन ।
धनकुटाका कार्यालय अन्यन्त्र सार्ने निर्णय सरकारले नसच्याए आन्दोलनका थप कार्यक्रम अघि सारिने उनीहरुहरुले जनाएका छन् । अन्य दल विरोधमा उत्रिए पनि नेपाली कांग्रेस भने तटस्थ रहेको छ ।