धनकुटा माघ ९ ,
धनकुटाकाे सहिदभूमि गाउँपालिकामा निशुल्क पशु स्वास्थ शिविर सुरु भएको छ । साेमबार गाउँपालिकाकाे पशुविकास साखाले वडा नं २ अखुवाटार बाट पशुस्वास्थ्य शिविर सुरु गरेको हाे ।
उक्त शिविरमा ६८ घरधुरी कृषकले पालेका पशुचाैपाएकाे पशुस्वास्थ्य जाँच गर्दै ओैधी वितरण गरिएको पशुविकास साखा प्रमुख नगेन्द्र पाैडेलले जानकारी दिनु भयो ।
जस अनुसार उपचार तथा ओैषधी वितरण गाई गाेरु १ सय ७४ ,भैंसी ६,बाख्रा ७ सय १३ , कुखुरा ८ सय ९५, बगुर ५० र २५ वटा रेविज विरुद्धकाे खाेप लगाएको पशु साखा प्रमुख पाैडेलले बताउनुभयो । शिविर गाउँ पालिका अध्यक्ष मनाेज राईले किसानलाई ओैषधि वितरण गर्दै सुरु गर्नु भएको थियोे ।
शिविरमा वडा सदस्य साेम राना , पशुप्राविधिकहरु वासुदेव बास्काेटा ,लाेकमान राई , दिपक राई ,रमित वली र हरिकुमार राई सहाभागि थियोे । शिविर क्रमस अन्यवडामा सञ्चालन गरिन्ने गाउँपालिकाले जनाएको छ ।