माघे संक्रान्तिकाे अवसरमा पाख्रीबासमा विभिन्न प्रतियोगिता सम्पन्न ,

धनकुटा माघ १ ,

माघे सक्रन्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ मा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिता पूर्व भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा भएको थियो । पूर्व मन्त्री राईले  माैलिक खेलहरुलाई  विकास तथा प्रवद्वन गर्न आवाश्यक रहेको बताउनुभयो ।  नगरकाे समग्र विकासका आफु लागि परिरहेको बताउनुभयो । विशेष  अतिथि पाख्रीवास नगरपालिकाका उपमेयर नम्रता देउजाले खेलमैदान व्यवस्थित बनाउन नगरले सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।

गाेरु जुधाई प्रतियोगितामा चुङमाङका युनिस विकको गोरुले प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै चुङमाङकै रामकुमार राईको गोरु दोश्रो र महालक्ष्मी नगरपालिका मालबासेका टिकाराम पौडेलको गोरु तेश्रो भएका छन् । प्रथम,दोश्रो र तेश्रो भएका गोरुका धनीलाई क्रमश: नगरद ३५ हजार, २० हजार, १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । डोरी तान्ने खेल तर्फ प्रथम अमर राई, दोस्रो गोविन्द मगर र तेस्रो अर्जुन राउत भएका छन् । उनिहरुलाई क्रमश: ३ हजार र १/१ हजार नगद पुरस्कार दिईएको छ ।

पञ्जा लडाइ खेल तर्फ प्रदिप मगर प्रथम, सागर राई दोश्रो, मान बहादुर मगर तेश्रो भएका छन् । उनिहरुलाई पनि क्रमश: ३ हजार र १/१ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै हाडी फुटाई खेल तर्फ सुशील परियारले जित निकाले । परियारलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा  ७ नं वडा अध्यक्ष देवेन्द्र तामाङ, ३ नं वडाध्यक्ष सरोज राई लगायतले शुभकामना दिनुभएको थियोे । कार्यपालिका सदस्य , वडा सदस्य लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।

क्लवका अध्यक्ष युवराज गहतराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर विश्वकर्माले गर्नुभएको थियो।