बाल संसार मावि धनकुटामा साइबर अपराध (क्राइम) र बाल दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न,

289

धनकुटा मंसिर १४,

अखिल नेपाल महिला संघ धनकुटा काे आयोजनामा  बिहिवार  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल संसार मावि धनकुटामा साइबर अपराध (क्राइम) र बाल दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ धनकुटाका अध्यक्ष तारा तितुङकाे अध्यक्षतामा भएको सचेतना कार्यक्रममा जिल्ला प्रहरीकार्यलय धनकुटाका प्रहरी नायव निरिक्षक चिरञ्जीवी खड्का , प्रहरी मनिसा गुरागाई र अमित तामाङले सहजिकरण गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ गाेकुण्डेस्वर क्याम्पस चिप तथा बालसन्सार माविका प्रधानाध्यापक दिनेस अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियोे । यस्तै कार्यक्रममा अनेमा संघ धनकुटाका सदस्य दुर्गा भट्टराई , दुर्गा ढकाल ,धनकुटा महिला बचत तथा ऋणसहकारी संस्थाका व्यवस्थापक समि राई , कृषि पर्यटनमा महिलाका अध्यक्ष माेति पाख्रिनकाे उपस्थिति थियोे । कार्यक्रममा सहभागी बालसन्सार माविका विघार्थिहरुले कार्यक्रम उपयोगी र प्रभावकारी लागेको भन्दै आगामी दिनमा पनि सचेतना कार्यक्रम निरन्तर राख्न सकियो भने राम्रो हुने बताएकाछन् । कार्यक्रमकाे सञ्चालन अखिल नेपाल महिला संघ धनकुटाका सचिव सावित्रा राईले गर्नु भएको थियोे ।

Previous articleचाइल्ड वेलफेयर नेपालको सामाजिक लेखापरीक्षण सम्पन्न
Next articleलुम्बिनीमा निर्माणाधिन ‘विश्वशान्ति धाम’ मा श्रमदानका लागि आह्वान

Leave a Reply