शिक्षालाई विकास निर्माणको वास्तविक नीति कहिले बनाउने ?

300

आज हरेक विकासका नीति सँगै हरेक तह र क्षेत्रका व्यवस्था फेल खाए सँगै धुजा बन्दै मक्किएको अवस्थामा देशले पक्कै मौखिक अर्थकारमा संवृद्धि ल्याए पनि जनताको जनजीवनमा भने संवृद्धि ल्याउन सक्दैन। वर्तमान देशको कहालीलाग्दो वास्तविक दृश्य प्रति नागरिक सचेत छन्,देशका फटाहा शासकहरूको चरित्र छत्ता छूल्ल भएको स्थिति हुँदा अब छिटै नेपाली नागरिक दलाल,भ्रष्ट,लम्पट,चाप्लुसी,नोकर साही उत्पादन गर्ने विरुद्ध मिसाइल बनी सडक बाट विद्रोह गर्ने दिन छिटै नजिकदै छ।

आज देशका उपल्लो तहमा बसेर देशको बागडोर समालेका नेतृत्वबाट नै आफ्नै देशका नागरिकहरू दास कामदारका रूपमा किनबेच हुने प्रक्रिया बडदै गएको छ। तल्लीन भएका वर्तमान शासकहरूले हाम्रो मातृभूमिलाई रणमैदान बनाउने कसरत गर्दै देशका जनशक्ति,प्राकृतिक स्रोत साधनहरू दोहन गर्दै कौडीको मूल्यमा लिलाम गर्न कुनै कसुर बाकी समेत राखेनन् !

नेपालको प्रारम्भिक शिक्षाको अभ्यासको चरणहरू हेर्दा सुरुमा गुरुकुलमा नि:शुल्क शिक्षाको व्यवस्था गरिन्थ्यो। सामन्तवाद हुँदै पुँजीवादी राजनीतिक पद्धति विकाससँग शिक्षालाई शासकहरूले आफ्नो वर्गस्वार्थ अनुकूलमा परिभाषित/परिचालन गर्दै लगेको देखिन्छ । परिणाम शिक्षामा सबै जनताको समान पहुँच कायम हुन सकेन ।

अझै पनि कतिपय सडक नपुगेका दुर्गम बस्तीहरूमा त्यहाँઁका नागरिकहरू शिक्षा,स्वास्थ्य र विभिन्न मौलिक अधिकारबाट जनताहरू वञ्चित हुनुपरेको छ। देशका मुख्य सहर देखि केही मिटर परका जिल्लाका वस्तिहरूमा समेत त्यहाँका  राज्यको लगानीमा सञ्चालित स्कुलहरूमा विद्यार्थीहरू 2/3 घण्टा पैदल  हिँडेर शारीरिक एवं मानसिक रूपले पीडित विद्यार्थीहरूले  सहजै शिक्षा हासिल गर्न अझै कठिन छ ।

भविष्यमा यसैले गर्दा उसले समय अनुकूल आफूलाई तयारी अवस्थामा राख्न सक्दैन ।  देश विकासको निम्ति हाम्रो वर्तमान शिक्षा नीतिले सङ्कटको सामना गर्न सकेको छैन।  भविष्यका कर्णधारहरूले यस्तो शिक्षा नीतिबाट उचित प्रकारको ज्ञान,सीप र क्षमता ग्रहण गर्न सक्दैनन्। यसरी निर्माण भएका नागरिकहरूले देशको समग्र विकास नीतिमा प्रभावकारी परिणाम दिन सक्दैनन् ।

यो विषयमा बहस सञ्चालन गर्दै हल दिने मार्गहरू कोर्नु पर्ने बेला आएको छ। विद्यार्थीहरू लाई अध्ययन सहज र परिणाम मुखी बनाउने हेतुले उनीहरू मानसिक र शारीरिक रूपमा पनि स्वास्थ्य राख्नु पर्ने दायित्व राज्यले लिनु पर्ने हुन्छ ।  देशमा अग्रगामी नेतृत्वको आवश्यक छ जसले मुलुकलाई निर्देशन गर्दै मार्गहरू निर्माण गर्दै देश विकासका  सम्भावनाहरू निर्माण गर्न सक्याेस ।

शिक्षा देश विकासको मुख्य सम्भावना बोकेको साधन हो । यसलाई विशेष ध्यान दिन अति आवश्यक छ साथै चुस्त एवं वैज्ञानिक शैक्षिक नीति अवलम्बन तथा व्यवहारमा प्रयोग गर्दै शैक्षिक समस्याहरू हल गर्दै जानुपर्ने वर्तमान समयमा अत्यावश्यकता बन्दै आएको छ।

शिक्षा दास र कारिन्दा पैदा गर्ने थलोको रूपमा साम्राज्यवादको रेडिमेड ग्राण्ड डिआइजीमा अगि बढ्दा समेत देशका शैक्षिक ठेकदारहरू र देशका औँलामा गन्न लायक माफिया दलाल शासकहरू अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा दिएका छौँ भन्ने तर्कमा गर्व पेस गर्दछन् ।

आज देशलाइ माटो सुहाउँदो शिक्षा अाफ्नाै मुलुक र जनतालाई समृद्ध बनाउने शिक्षा नीति आवश्यक छ न कि शक्ति राष्ट्रहरूको भजन मण्डली, दलाली र गुलामीहरूको। यस्ता विकृत भ्रष्ट मानसिकता विरुद्ध दृढतापूर्वक  अस्वीकार गर्दै शिक्षालाई व्यवहार सँगै जोड्नु पर्दछ न कि तराजुमा तौलिए जस्तै वस्तुको  मोल बराबरको मूल्य चुकाएर खरिद विक्रीको प्रक्रियामा शासक वर्ग रम्दै आफ्नै स्वार्थ अनुकूलको नीति लागु गरी पैसा कुम्लाउने विधि लागु गर्नेमा अग्रसरता बढाउने  कार्यको अन्त्य हुनु पर्दछ । शिक्षा जनताको जीवन फेर्ने, समानतामा आधारित,व्यवहारिक,जनवादी, वैज्ञानिक, देशको माटो सुहाउँदो भविष्यमा मार्ग निर्देशन गर्दै जनजागृति गर्दै देशको मुहार फेर्ने खाल्काे हुनुपर्दछ।

विद्यार्थी युवा शक्ति भनेको समाजको अग्रगामी सोच  र चेतनशील शक्ति हो समाज एवम् राष्ट्र विकासको अथाह सम्भावना बोकेको हुन्छ,भने सिक्ने र लागु गर्ने क्षमता भएको शक्ति हो। युवा विद्यार्थीहरू इतिहास देखि वर्तमान समयमा हामीले बुझ्दा महत्त्वपूर्ण ,जुझारु र अग्रिम भूमिका निर्वाह गरी गौरवपूर्ण इतिहास कायम गरेका छन्। अहिले युवाहरूले देशमा भविष्य देख्न नसकी +2 को अध्ययन नसकिँदै विदेशीने सपना बुन्नमा व्यस्त  हुन्छ ।

अध्ययन,अवसर,रोजगार तथा अन्य सुविधाका लागि वर्तमानमा जति सुकै कष्टकर र असहजता व्यतीत गर्नु पर्ने भए पनि पछिको सहज जीवनका लागि बिदेसिन बाध्य हुन पुगेका छन्। राज्यले युवाहरूलाई राष्ट्र निर्माण अभियानमा सामेल गर्दै विकासका हरेक सम्भावनाहरूमा सामेल गर्दै लान सक्नुपर्दछ। राज्य प्रणालीका हरेक अङ्गहरू आज असफल हुँदै गएका छन्।

बेलैमा सजक नहुँदा आज ससाना समस्यहरुले  ठूलाठूला भडखालाे निर्माण गर्दै गएका छन्। समय गतिशील छ, त्यसैले बेला र परिस्थित पनि बदलिन सक्छ । शिक्षा आम परिवर्तनको संवाहक हो। शिक्षाको गुणस्तर हास हुँदै जानुमा दोष कसको ? अव पनि विकास गर्न नसके कहिले गर्ने त ? शिक्षालाई अब कागजी खोस्टाको अधिकारमा मात्र  सीमित गराउन हुँदै होइन वास्तविक कार्यान्वयन लैजान सम्बन्धित पक्षलाई जिम्मेवार बनाउँदै लैजानु पर्दछ । वर्तमान शिक्षा प्रणालीलाई पूर्ण रूपमा आमूल परिवर्तन गर्नु पर्न अपरिहार्य बन्न पुगेको छ।

Leave a Reply