अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

250

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक श्रावण ५ गते काठमाडौँमा सम्पन्न भएको  छ । उक्त भेलाले ३ नं.प्रदेश इन्चार्जमा शिलु न्यौपाने र संयोजकमा उषा किरण आजाद कामीलाई चयन गरेको छ ।

बैठ्ठकले लिएकाे योजना अनुरूप उपत्यका पश्चिम अन्तर्गतका धादिङ,चितवन र मकवानपुर जिल्लामा एकता भेला सम्पन्न भइसकेका छ। जिल्ला भेलाले धादिङ जिल्लाको संयोजकमा अशोक आचार्य र सह-संयोजकमा जोन तामाङ चयन गरेको छ,भने चितवनमा जिल्ला भेलाले संयोजकमा सविन खडकालाई चयन गरेको छ। मकवानपुर जिल्लाको संयोजकमा सन्ध्या देवकोटा संयोजक र सह-संयोजकमा प्रशान्त दाहाललाई चयन गरेको छ भने उपत्यका पश्चिम अन्तर्गतका जिल्लाहरू सङ्गठन सचिवालय सदस्य विकल्प खत्रीको कमान्डमा रहेको छ ।

उपत्यका कमान्डमा सङ्गठनका सचिवालय सदस्य हरि विष्टको कमान्डमा रहेको छ जस अन्तर्गत काठमान्डाै जिल्लामा सितापाइला मा.वि.मा अनुशा नेपालको अध्यक्षमा २१ सदस्य निर्माण ,अमर ज्योति मा.वी राजकुमार तामाङ्गकाे अध्यक्षतामा ११ सदस्य कमिटि निर्माण ,जनपथ मा.विमा समिर वि.ककाे अध्यक्षतामा २१ जना सदसा जिल्ला्माण,मंगल मा.वि लगायत गरि काठमान्डौ जिल्लामा विधार्थी जागरण अभियान तृवरुपमा बडी रहेको छ। यस्तै भक्तपुर जिल्लाका संयोजक दिल बहादुर चुदारा र सह-संयाेजक सागर कार्कीले सानाे ठिमी बहुमुखी क्याम्पसमा पंकज यादवकाे अध्यक्षतामा ११ सदस्य कमिटि गठन गरेका छन । उपत्यका पूर्वका जिल्ला अन्तर्गत काभ्रे जिल्लामा चैतन्य बहुमुखी क्याम्पसमा २३ सदस्य, काभ्रे बहुमुखी क्याम्पसमा ९ सदस्य निर्माण भएको छ उक्त जिल्लामा सङ्गठनका सचिवालय सदस्य तथा जिल्ला संयोजक शाेभा सेन्चुरी र स्थानिय जिल्ला पार्टीले अभियानलाइ तृवता दपने कार्य जारि रहेको छ। भने ३ नं.प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुमा एकता भेला,प्रशिक्षण तथा बैठ्ठकका साथ विधार्थी जागरण अभियानकाे तयारी अगि बडिरहेकाे छ।

अखिल(क्रान्तिकारी) ३ नं.प्रदेशले भखर्रै सम्पन्न एकता भेला अनुरूप नै पूजीवादी नवउदारवादी शिक्षाकाे भन्डाफाेर गर्दै प्रत्यक जिल्लाहरुमा शिक्षा र स्वास्थलाइ पूर्णरुपमा राष्ट्रियकारण,निशुल्क र सर्वशुलभ बनाउनका लागि शिक्षा स्वास्थमा बढ्दै गरेको निजिकरण,व्यापारिकरण,दलालिकरण र माफियाकरण विरुद्ध निरन्तर विराेधकाे साथै अखिल(क्रान्तिकारी)ले संधर्ष अगि बढि रहेको जानकारी अखिल(क्रान्तिकारी)काे केन्द्रिय सह-संयाेजक तथा ३ नं. प्रदेश इन्चार्ज शिलु न्यौपाने बताउनु भयो ।

Previous articleआमाछोदिङमो (पार्वती कुण्ड )मा जनपूर्णिमाका अवसरमा एक हप्ता मेला लाग्ने
Next articleसंसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

Leave a Reply