नेपाली कथानक चलचित्र”दुवाली” को विशेष प्रदर्शन सम्पन्न

148

काठमाडौँ,७ साउन । नेपाली कथानक चलचित्र”दुवाली” को विशेष प्रदर्शन सम्पन्न भएको छ । शनिवार नेपाल चलचित्र विकास बोर्डको हलमा विशेष प्रदर्शन गरिएको थियो । कार्यक्रम मा विशेष अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गणेश लामा रहेको थियो | चलचित्रले तामाङ समुदाय र माझी समुदाय बिचको आर्थिक सामाजिक तथा सांस्कृतिक विषयको राम्रो चित्रण गर्न सफल भएको प्रमुख अतिथि लामाले बताउनु भयो ।

मनसुन सुपर स्टार मुभिज प्रालिकाे ब्यानरमा तयार पारिएको यस चलचित्र तामाङ समुदाय र माझी समुदायलाई समेटेर निर्माण गरिएको छ ।चलचित्रलाई सबै जनाको सल्लाह सुझाव अनुसार नै केही दृश्य सम्पादन गरी चाडै हल मा आउने चलचित्र निर्देशक संजय हुत्ता लामा ले बताउनु भयो |

यस चलचित्रलाई हुत्त सञ्जय र अर्जुन खड्काले निर्देशन रहेको छ भने चलचित्र ‘दुवाली’ लाई राजु किरातले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दीपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायाङ्कन, कर्साङ लामाले पार्श्व सङ्गीत गरेका छन् । लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा हुत्त संजय लामाको कथा रहेको छ ।

चलचित्रमा कमल बिराही थापाकाे शब्द कर्साङ लामा, बबिता पाख्रिन र पूजा लामाकाे स्वर रहेको छ । कलाकारहरूमा बिरमान स्याङतान, हुत्त संजय लामा, प्रितिका शर्मा, बुद्ध ब्लाेन, सम्झना मोक्तान, हिरन माझी, माया देवी मोक्तान, राजकुमार स्याङतान, सावित्री माझी, सुस्मिता लुङबा, ईन्द्र स्याङतान, राम तामाङ, दिपेश मोक्तान, उर्गन लामा, याेगेश घ्लान, बबिन्द्र माझी, कविता गुरुङ, याेगेश लामा, कुलवीर माझी, सुर्जमान तामाङ, शम्भु माझी, बिमल माझी, दिल ब माझी तथा बाल कलाकारहरूमा कुसुम तामाङ र सबिन माझी रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको हातबाट सम्मान पत्र, कदर पत्र तथा मायाको चिनो समेत वितरण गरिएको थियो ।

Leave a Reply