प्रथम बिहानी युवा क्लब खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि देवभुमि क्लबलाई

1526

धनकुटा बैशाख २४,

धनकुटाको शहिदभुमि गाँउपालिका वडा नं ६ मा सञ्चालित प्रथम बिहानी युवा क्लब खुल्ला पुरुष फुटबल प्रतियोगिताको जीत देवभुमि क्लब सहिदभुमि वडा नं ७ ले हात पारेको छ ।

आइताबार आज भएको फाईनल खेलमा जिरिखिम्ती युवा क्लब तेह्रथुम संग भिडेको उस्ले ४—१ गोल अन्तरले जीत हाँसिल गरेको हो । जीत संगै उस्ले नगद ५० हजार ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । भने दोश्रो स्थानमा चित वुझाएको जिरिखिम्ती युवा क्लब तेह्रथुमले नगद ३० हजार ट्रफी, मेडल , प्रमाणपत्र पुरस्कार पाएकाछन् ।

यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जिरीखिम्ती युवा क्लबका धीरज लिम्बू भए भने उत्कृष्ट गोलरक्षक देवभुमिका आसिस राई यस्तै देवभुमिकै उत्कृष्ट गोलकर्ता अर्जुन दर्नाल भएकाछन् ।

उनिहरुलाई मयाको चिनो र प्रमाणपत्र पुरस्कार वितरण गरिएको थियो । बिहानी युवा क्लब सहिदभुमि ६ को आयोजनामा बैशाख १९ गते देखि सञ्चालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो । प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राई ,विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत नविन कार्की ,वडा अध्यक्ष हेमकुमार राई, वडा अध्यक्ष बम बहादुर राई लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको उदघाट्न शस्त्रमा कर्मचारी भर्सेज रजनितीकदल बिच भएको मैत्रिपुर्ण खेलमा १—० ले राजनितिकदल विजेता भएका थिए । प्रतियोगिताकाे समापन बालकुमार  राईको अध्यक्षतामा  भएको थियो ।

Leave a Reply