इन्धनको मूल्य घटाउनआनाकानी गर्दै निगम

86

काठमाडौं, चैत ३ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै गएको अवस्थामा पनि इन्धनको मूल्य घटाउन निगम
भने आनाकानी गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफा कमाइ रहेको छ । नाफामा भएपनि इण्डियन कर्पोरिसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० करोड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यर्होनु परेको हुँदा पेट्रोलियम पदार्थको मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । आजको कारोबार दैनिकबाट

Leave a Reply