धनकुटा ,
नेकपा एमाले पार्टीको ” मिसन ग्रासरुट” अभियान अन्तरगत सहिद भुमिगाउँपालिका वडा नं ६ काे टाेल स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वडाकाे घर्तीनि वारि, बरबाेटे,ठुलो गाउँ ,सहर,पाेक्ला,थलथले, सुकेआहाल र माम्फिङ टाेलकाे टाेलटाेलमा पुगेर नेताकार्यकर्ता तथा जनताहरु संग भेटघाटका साथमा टाेल स्तरीय भेला सम्पन्न गरेको वडा कमिटी अध्यक्ष केशव राईले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्यता विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरेकाे हाे । त्यस्तै गरि जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध सुधारका लागि सुझाव संकलन गरिएको उहाँले बताउनुभयो । सल्लाह सुझाव संकलन गर्ने क्रममा पार्टीकाे लागि जुन वर्गका मानिस याेद्वाहरुले रगत पसिना बगाएर अनेक सङ्घर्ष गर्याे त्यो वर्ग अहिले साथमा छ कि छैन भन्ने कुरामा गम्भीर बन्न आवश्यक रहेको र पार्टीको कार्यक्रम वर्ग विश्लेषणमा आधारित हुनुपर्ने , अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन गुटगत मानसिकता त्यागेर अघि बढ्नु पर्ने, जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्नुपर्ने , संख्यात्मक भन्दा गुणात्मक मा परिवर्तन गर्न आवाश्यक ,विभिन्न समयमा राजनीति परिवर्तनका लागि याेगदान गरेका बलिदान दिएकाहरुकाे सम्मान र कदर हुनुपर्याे भन्ने जनता तथा नेताकार्यकर्ता बाट सल्लाह सुझाव आएकाछन् । सुझाव संकलनका क्रममा आएका कुराहरुलाइ केन्द्रीय राजनीतिक सम्म पुर्याउनु पर्नेमा अभियानका अभियान्ता नेताहरूलाई जाेड दिएका थिए ।
अभियानका क्रममा प्रमुख युवा संघका जिल्ला ईन्चार्ज अभियानताका रुपमा कला राई , पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख मनाेज राई , जिल्ला कमिटी सदस्य रस्मिता राई , निरेन राई , मालाति माेक्तान , पालिका कमिटी सचिव हेमकुमार राई , पालिका कमिटी सदस्य दिवानि राई , सुरेन्द्र राई , युवा संघका निरन राई , राजेन्द्र राई ,वडाकमिटी सचिव खगेन्द्र भण्डारी लगायत पार्टीका अग्रज , प्रदेश , जिल्ला ,पालिका ,वडा कमिटी ,विभिन्न जनसंगठनका प्रमुख तथा प्रतिनिधिकाे टाेलि अभियानमा सहभागी थिए ।