तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

315

काठमाडौं, फागुन २३ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ घटेको छ। यसअघि तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Previous articleदुई करोडको जग्गादान
Next articleसत् प्रतिसत हकप्रद शेयर निष्कासन गर्दै अपर तामाकोशी

Leave a Reply