कुमार मोक्तान र नायिका सिता लामा अभिनित “तिमीलाई देखेर” सार्वजनिक

1695

काठमाडौँ,१० फागुन । कुमार मोक्तान र नायिका सिता लामा अभिनित ‘तिमीलाई देखेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । गौरव मोक्तानको प्रस्तुती रहेको उक्त भिडियोमा १० वर्षे जनयुद्धको झल्को समेटेको पाईन्छ ।

म्युजिक भिडियोमा कुमार मोक्तानलाई माओवादी र नायिका सिता लामालाई सरकार पक्षको कित्तामा उभ्याएको छ देख्न पाइन्छ ।

डबिन्द्र दोङको शब्द रचना, चाँद सिंहको संगीत संयोजन, जोगलाल लामाको संगीत र सन्तोष लामा र सुमिना लोको आवाज रहेको उक्त गीतको म्युजिक भिडियोलाई नायिका सिता लामाले निर्देशन गरेका हुन । लक्ष्मण घिमिरेले छायांकन, मेक बहादुर थापाले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा कुमार मोक्तान, नायिका सिता लामा, जोगलाल लामा, त्रिलोक लामा, सन्तु गुरुङ र अनिता थिङको अभिनय रहेको छ ।

Leave a Reply