चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त

354

काठमाडौं २१ पुस । चलचित्र ‘द आउट ल’ को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको आजै ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ । अबको ४० दिनभित्र छायांकन सक्नेगरी ‘द आउट ल’ को सुटिङ सुरु भएको हो । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको यो चलचित्रको अंगेजी नयाँ बर्षको छेको पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेको थियो, सोहि दिन थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो ।

टिजर र फस्ट लुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मिहेनतका साथ काम गर्ने अठोट लिएको निर्देशक बिक्की महर्जनले प्रतिक्रिया दिए । मुहर्त कार्यक्रममा मिडियाकर्मीसँग दिएको संक्षिप्त कुराकानीमा उनले भने, – ‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कै पनि प्रोजेक्ट राम्रो बन्नेछ ।’

अभिनेता शुुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’ पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुँदैछ । निर्माण टिमले आगामी बर्षको दशैं आसपासको समयमा प्रदर्शन गर्ने काम थालेको हो । तर, चलचित्रको छायांक्न नसक्दै प्रदर्शन मितिबारे केहि नबोल्ने निर्माता शशांक खड्काले बताए । उनले भने, ‘एउटा जुझारु युवाहरुको टिम लिएर काम हुँदैछ । स्क्रिप्टदेखि टिम मेम्बरसम्म राम्रो बनेको छ । आउपुट पनि राम्रो आउँछ भन्ने कुरामा म लगायत मेरो टिम विश्वस्त छ ।’विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्दैछ । उनले एउटा राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । शुभ मुहुर्त कार्यक्रममा अभिनेत्री शिक्षा संर्गौला तथा चलचित्र निर्माण टिमका सम्पुर्ण सदस्य सँगै निर्देशक मिलन चाम्स लगायतका विभिन्न व्यक्तिको समेत उपस्थित थियो ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् । नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्रका अधिकांश दृश्यको काठमाडौं उपत्यकाभित्रै छायांकन गर्ने बुझिएको छ ।

Previous articleसन्दिप लामिछानेको मुद्दा आज सुनुवाइ हुँदै
Next articleप्रधानमन्त्री प्रचण्डको पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

Leave a Reply