अपर तामाकोशी हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं, २७ मंसिर । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनील हकप्रद शेयर जारी गर्न विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई हकप्रद जारी गर्न लागेको हो ।कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।