सागुरीगढीमा मतदाता भेटघाट तथा धन्यवाद सभा सम्पन्न ,

411

धनकुटा बाट नवनिर्वाचित प्रतीनिधीसभा सदस्य एवम नेकपा एमाले जिला ईन्चार्ज राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष प्रदेश सभा सदस्य नवनिर्वाचित निर्वाचन क्षेत्र नं ख ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिव प्रदेश सभा सदस्य निर्वाचित क्षेत्र नं क निरन राई अहिले आफुलाई मत दिएर बिजयी बनाउने मतदातालाई धन्यवाद दिन पालिका पालिका पुगिरहेकाछन् । मतपरिणाम सार्वजनिक पछि जनप्रतीनिधी पालिकाकाे विभिन्न गाउँगाउँ चाेक चाेकमा पुगिरहेका छन । मतपरिणाम सार्वजनिक भएपछि पालिका कमिटी ,वडा कमिटीको निमन्त्रणामा धन्यवाद सभा तथा र्यालिमा सहभागी जनाउदै जनताको घरदैलोमा पुगेर जनतालाई धन्यवाद दिदै आईरहेकाछन् । साेहि क्रमा सागुरीगढी गाउँ कमिटीको आयाेजना सम्पन्न मतदाता भेटघाट तथा धन्यवाद सभा र्यालिमा सहभागी हुदै नवनिर्वाचित प्रतिनिधि सभा ,प्रदेश सभा सदस्यहले धन्यवाद ज्ञापन गरेकाछन् । कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष एवम निर्वाचन परिचालन कमिटी संयाेजक चिन्तन तामाङ लगायत प्रदेश , जिल्ला ,पालिका र वडा स्तरीय नेताहरूकाे उपस्थिति थियोे ।

Previous articleधनकुटा बाट नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँ गाउँ ,
Next articleहल्ट प्राइज एट आइ. एम. एस.को अन क्याम्पस लागि आयोजकले साझा आनलाइन लाई आफ्नो मिडिया पार्टनरको रूपमा

Leave a Reply