भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

464

काठमाडौं,५ असोज । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि दिनदेखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो ।

उनलाई व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं’ श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी बिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए । थप्रै भारतीय सिनेमाहरुमा अभिनय समेत गरेका थिए ।

Previous articleडेंगुले महामारीको रूप लिँदै
Next articleशिक्षाकाे गुणस्तर सुधार आजको आवश्यकता संसद राजेन्द्र राई,

Leave a Reply