काठमाडौँ,२९ भदौ | अखिल(क्रान्तिकारी) चितवन जील्ला समितिकाे आयोजनामा खुल्ला वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ | भरतपुरमा सम्पन्न उक्ता कार्यक्रममा प्रमुख अथितिको रुपमा अखिल (क्रान्तिकारी)का केन्दिय अध्यक्ष हरिकृष्ण गजुरेल रहेको थियो भने कार्यक्रमकाे सभापति अखिल(क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष विकासले गर्नुभएकाे थियाे |
४१ जना प्रतिस्पर्धी सहभागी कार्यक्रममा “मिना घर्ती” मोहन मा. वि. प्रथम, अविरभ आचार्य, नारायणी नमुना मा. वि. द्वितीय, सुजिता भुजेल,भानु मावि तृतीय, अर्जुन अर्याल, प्रोत्साहन सप्तगण्डकी बहुमुखी क्याम्पसले प्राप्त गरे । उक्त कार्यक्रमको निर्णायक मण्डलमा उपप्राध्यापक भूपिन खड्का, प्रभा मरहठ्ठा र गंगा भट्टराई रहेको थियो ।
विशेष अतिथिका रुपमा केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, क्रान्तिकारी माओवादीका सेक्रेटरी बाबुराम प्यासी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य प्रेम प्रसाद कडेल, अखिल क्रान्तिकारीका अमित सापकोटा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल लगायतलले मन्तव्य व्यक्त गरेका थिए।