किरात राई पत्रकार संघ धनकुटाको ५ ओै जिल्ला अधिवेशन सम्पन्न ,

169

धनकुटा  भदौ २८ ,
किरात राई पत्रकार संघ धनकुटाको ५ औं जिल्ला अधिवेशन आज धनकुटामा सम्पन्न भएको छ ।

संघका निवर्तमान अध्यक्ष अजय सन्तोषी राईको अध्यक्षता तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्व समिति धनकुटाको अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्मिला राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मुलुकमान राई,सचिवमा जयन्ती राई,सहसचिवमा कुसुम राई राई र कोषाध्यक्षमा कृष्ण कुमारी राई रहेका छन् । अन्य सदस्यहरुमा अनिता राई,लक्ष्मी राई, शष्टिका राई र दिपेन राई रहेका छन् । अधिवेशनको खुल्लासत्रलाई सम्बोधन गर्दै किरात राई पत्रकार संघका किरात राई पत्रकार संघका पूर्व केन्द्रिय सदस्य तथा अधिवेशनका अतिथि टकलाल राईले किरात राई पत्रकार संघको स्थापना जानकारी गराउनुभएको थियो । किरात राई पत्रकार संघ २०६४ सालमा गठन भएको बताउदै उहाँले किरातहरु सञ्चार माध्यममा भने नेपालको राणा शासन काल भन्दा अघि देखी क्रियाशिल रहदै आएको उल्लेख गर्नुभयो । त्यस्तै प्रमुख अतिथि सञ्जय सन्तोषी राईले सञ्चार माध्यमबाट किराती पहिचान र सँस्कृतीको बारेमा आवाज बुलन्द गर्दै यो क्षेत्रमा सशक्त कलम चलाउन सुझाव दिनुभयो । अधिवेशनले प्रदेश नं १ को नाम किरात प्रदेश राख्न दवाव दिन पनि संघको राष्ट्रिय सम्मेलन प्रदेश नं १ मै गर्न माग समेत गरेको छ ।

Leave a Reply