धनकुटा भदौ २७ ,
धनकुटा जिल्लाकाे धार्मिक पर्यटकिय स्थल श्री बक्रकुण पञ्चेश्वर महादेवकाे मन्दिर परिसर वरिपरि रहेका पर्यटकीय स्थलकाे नेपाली सेना र स्थानीय बासिले सरसफाइ गरेको छ ।
पुर्वी पृतना हेडक्वाटर हिलेका कर्णेल विकास शाक्यकाे नेतृत्वमा आएको नेपाली सेना र स्थानीय बासिले साेमबार विहान सरसफाइ गरेको हाे । हिले बजार व्यवस्थापन समिति धनकुटाले आउदै गरेको चाडपर्व दशै तिहार लक्षित गरेर आयाेजना गरेको सरसफाइ कार्यक्रममा पुर्वि पृतनाका कर्णेल शाक्यकाे नेतृत्वमा सहभागी सय जना भन्दा बढि नेपाली सेना र स्थानीयले मन्दिर वरिपरि रहेका पर्यटकीय स्थलकाे सरसफाइ गर्नुका साथै झाडिहरु फाड्ने काम गरेकाछन् । सरसफाइ कार्यक्रममा बाेल्दै सहभागी सेना तथा स्थानीय बासिलाई बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवाले धन्यवाद दिनु भएको थियोे ।
साथै कर्णेल शाक्यले पनि यस किसिमको सरसफाई कार्यक्रममा नेपाली सेना विगत लामो समय देखि सहभागी भइ यस्ता किसिमका क्रियाकलापहरुलाई सफल बनाउन आफ्नो तर्फबाट योगदान दिदै आएको जानकारी गराउनु हुदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।