फोनिज ललितपुरले नेपाल पत्रकार महासंघ ललितपुरलाई ज्ञापनपत्र

310

ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले नेपाल पत्रकार महासंघ ललितपुरलाई आज ज्ञापनपत्र बुझाएको छ ।
फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको दाबी गर्दै शुक्रबार शाखा मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ। आदिवासी जनजाति पत्रकारहरूले भने सत्यनारायणबहादुर श्रेष्ठ नै संस्थापक अध्यक्ष भएको दाबी गर्दै विगत लामो समयदेखि दाबि गर्दै आइरहेको छ ।
नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै फोनिजले देशभरका सबै जिल्ला शाखामार्फत बुझाइरहेको छ। फोनिजको केन्द्रीय समितिले गरेको निर्णयानुसार फोनिजको ललितपुर शाखाले पत्रकार महासंघको ललितपुर शाखालाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रकार महासंघले वास्तविकताविपरीत निर्णय गरी तत्कालीन नेपाल पत्रकार संघको केन्द्रीय अध्यक्ष भट्टराई हो भन्दै आदिवासी जनजातिमाथि अन्याय गरेको फोनिजको ठहर छ । विगतका इतिहास र विभिन्न खालका तथ्य–तथ्यांकले पनि पत्रकार महासंघको अध्यक्ष श्रेष्ठ नै भएको फोनिजले बताउँदै आएको छ ।
वि.सं. २०१२ चैत १६ गते तत्कालीन अवस्थामा ‘नेपाल पत्रकार संघ’ पुनर्गठन भएपछि बल्ल कृष्णप्रसाद भट्टराई सभापति बनेको फोनिजले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ,– वि.सं.२००८ साल वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको इतिहास छ ।
फोनिजसँग भएको तथ्यांकबारे जानकारी गराउँदै फोनिज ललितपुरका अध्यक्ष सन्जय श्रेष्ठले भने, ‘२००९ साल वैशाख २८ गते पुनः श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भएको पाइन्छ । त्यसैले सत्यनारायणबहादुर श्रेष्ठ नै नेपालको पत्रकार महासंघमा संस्थापक अध्यक्ष भएको उनको भनाइ थियो ।

Previous articleजिरी नगरपालिकामा भुमि आयोग नगर समिति गठन
Next articleनेपाल खेलकुद महासंघ जिल्ला कमिटी धनकुटाको दोस्रो जिल्ला भेला सम्पन्न

Leave a Reply