नेप्से सूचक थप १८ अंकले घट्यो,

406

सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झर्न पुगेको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । यस दिन सबैभन्दा बढी निजीवन बीमा र अन्य समूहको उपसूचक समान १.५६ प्रतिशतले घट्न पुगेको छ ।

Previous articleफुटबलर जेरार्ड पिकेसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा
Next articleतारा एयर विमान दुर्घटनामा परेर निधन भएका चालक दलका सदस्यहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

Leave a Reply