सुनको मूल्य घट्यो, चाँदीको यथावत

512

काठमाडौँ वैशाख २० | सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत छ। मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

यो साता लगातार सुन-चाँदीमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो साता मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Previous articleशैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी
Next articleहर्षोेउल्लासका साथ मनाइयो ईद

Leave a Reply