एनआरएनएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

639

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ।  ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्तन्तरण गरेको संघका प्रवक्ता सोम सापकोटा जानकारी दिए   ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसिना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गरेकाे भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए।

नेपालबाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताए। भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति  थियो ।

Previous articleहुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु
Next articleगुजरातको पहिलो हार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here