दिव्या दत्ताका ‘क्रस’ अभिनेता जब भाइ बने…

काठमाडौं, १९ फागुन

पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा गछिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो ।
दिव्याले हालै एक पुस्तकसमेत निकालेकी छन् ।

पुस्यतकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन् ।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन् । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ । मलाई उनी निकै मन पर्छ । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ,’ दिव्याले भनिन् ।

उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन् । ‘मलाई फिल्ममा आउन मन थियो । त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरे गर्थे । सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन ।