फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित

528

एजेन्सी ,मनिला, २ पुस | दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ । राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

Previous articleधनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे तयारी अन्तिम चरणमा
Next articleआजको राशिफल

Leave a Reply