लन्डन, १५ मंसिर | क्यारेबियन टापु देश बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको छ । ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र देश बनेको हो ।
राजधानी सहरक ब्रिजटाउनमा आयोजित एक समारोहमा डेम स्यान्ड्रा मेसनलाई बार्बाडोसको राष्ट्रपति पदको सपथ खुवाइएको थियो । बार्बेडोस स्वतन्त्र भएको ५५ औँ वार्षिकीको अवसर पारेर समारोह आयोजना भएको थियो ।
समारोहमा बेलायतका युवराज चार्ल्स तथा बार्बेडियाकी गायिका रिहानाको उपस्थिति थियो । सो अवसरमा युवराज चार्ल्सले बार्बेडोसले विगतमा दासता भोगेको बताएका थिए ।
समारोहमा बेलायतकी महारानीले बार्बेडोसलाई पठाएको शुभकामना पढिएको थियो । महारानीले बार्बेडोसको सुख, शान्ति र समृद्धिको कामना गरेकी थिइन् ।