दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

542

एजेन्सी
केप टाउन, १० मंसिर
विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् ।

नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाई छ । डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।

नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

Previous article‘अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ,’ महन्थ ठाकुरसँग अन्तर्वार्ता
Next articleसहिद स्मारक लिगः आजबाट दोस्रो चरणका खेल, पूर्वक्लबविरुद्ध जित निकाल्ने दाउमा केसी

Leave a Reply