अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष यादव, “जसपा”

309
upendra yadav

बिराटनगर | सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्नु भयो |

अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने साथै विश्वमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको बताउनु भयो । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा अध्यक्ष यादवले न्यायालय भित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको बताए ।

‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो प्रणाली नै चौपट हुने बताउनु भयो | ‘न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । उहाले भन्नु भयो |

Leave a Reply