एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने

436

काठमाडौं, २४ कात्तिक

नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ ।

चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो ।

बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो ।

‘७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन्,’ समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।

Previous article१९ करोड ऋण लेनदेनमा गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा |
Next articleप्रदेश प्रमुखको बिदाई

Leave a Reply