शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा

340

काठमाडौं, २३ कात्तिक

शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव राजेन्द्रकुमार शर्माका अनुसार सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले कम्पनीमा निरन्तर सेवा गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।

Leave a Reply