पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो।
नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।
‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ। त्यसको नेतृत्व चयनको विषय थियो। त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो। सबै पात्रहरू समान हैसियतका छन्, समान क्षमता राख्छन्’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘ती मध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ।’बैठकमा सरकारका सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ।