राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि सिफारिस

367

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश  जारी गरेको थियो । अध्यादेश फिर्ता नलिइ सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टीको अडानपछि  अध्यादेश फिर्ता भएको हो ।

Previous articleदसैँअघि अधिवेशन सम्पन्न गर्ने र सरकारले छिटो पूर्णता पाउने छ:रमेश लेखक
Next articleपरराष्ट्र मन्त्री खड्काले गरे राष्ट्रसंघको महासभामा सम्बोधन

Leave a Reply