प्याडको मूल्यमा कर नलगाउन सरकारसँग माग

809

महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार प्रदर्शन गरेका छन्।

माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी माग गरेका हुन्।उनीहरूले रातो कर माफ गर, रातो कर खारेजी गर लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका थिए।

लियो क्लब अफ काठमाडौँ, मनास्लुबाट प्रतिनिधित्व गर्दै टेकासँगको सहकार्यमा दुई वटा समूह मिलेर लगभग १०० जना महिला तथा किशोरीहरुलाई महिनावारीको विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यौं। अन्तरक्रियामा छलफल गरिएका विषयहरु यी नै थिए।

महिनावारी भनेको के हो? महिनावारी सरसफाई र व्यवस्थापन कसरी गरिन्छ? महिनावारीको समयमा सरसफाई नगर्दा देखापर्ने समस्याहरु, महिनावारीको समयमा सरसफाई बाहेक खानुपर्ने पोषिलो खाना, महिनावारीको समयमा गर्नुपर्ने व्यायामको बारेमा सहजिकरण गर्दै थिएँ भने टेका भन्ने संस्थाबाट सैलजा दिदीले पुनः प्रयोग गर्ने प्याड वितरण गर्दै हुनुहुन्थ्यो।

नेपाल बसोबास महिला समूहसँग जोडिएर काम गरेको यो दोस्रो कार्यक्रम थियो। कार्यक्रमको हलभित्र छिर्दाको रौनक छुट्टै थियो। कार्यक्रममा केही कुरा जान्न भनेर आउनेको लर्को पनि धेरै थियो। साना बच्चादेखि ६० वर्षका आमाहरुको समेत सहभागीता थियो। कार्यक्रम विस्तारै सुरुआत भयो। अगाडिको मञ्चमा लियो क्लबको अध्यक्षलगायत सोही वडाको प्रतिनिधिहरु हुनुहुन्थ्यो भने पछाडि दिदीबहिनी, आमा र साना नानीहरु छरिएर बसिरहनु भएको थियो।

Leave a Reply