केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गएर नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ ।