नेपालले हरायो ओमानलाई

271

अल अमिरात मैदानमा ओमानले दिएकाे एक सय २२ रनकाे समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायाे । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समात ६–६ रन बनाएर आउट भए ।

यसअघि  अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् ।

जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।

Leave a Reply