भरतमणि बने दोश्रो सिजनको कमेडी च्याम्पियन

424

कमेडी च्याम्पियन दोश्रो संस्करणको उपाधी ताप्लेजुङका भरतमणी पौडेलले जित्न सफल भएका छन् । यस्तै दोश्रो स्थान सिक्किमका विक्की अग्रवाल र तेश्रो गोर्खाका सन्तोष थापा हुन सफल भएका छन् । आज भएको फाईनलबाट यो नतिजा सार्वजनिक भएको हो । पौडेलले बिजेता हुँदै नयाँ कार, २५ लाख नगद संगै आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।

त्यस्तै दोश्रो हुने अग्रवालले मोटरसाइकल र तेश्रो स्थान हासिल गर्ने थापाले स्कुटर र आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । भरतको प्रस्तुती शैली र कन्टेन्टको खुबै तारिफ हुने गरेको थियो । हरेक एपिसोडमा उनको प्रस्तुतीको प्रतिक्षा हुने गरेको थियो । पछिल्लो समय घरबेटी वाला कन्टेन्ट, प्रस्तुति शैली र पुर्वयुवराज पारस शाहको क्यारिकेचरले बजार तताएको थियो । कोरोना महामारीको चपेटामा परेको यो च्याम्पियन ले आजबाट दोश्रो सिजनको यात्रा समाप्ती भएको छ ।

Leave a Reply