किन ! बोलाए बाइडेनले अष्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्रीलाई ?

366

राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार आउँदो सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्।बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका सुगा योसिहिदे र भारतका नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भेट्न लागेका हुन्।

बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका सुगा योसिहिदे र भारतका नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भेट्न लागेका हुन्।

‘क्वाडका नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गर्नुले बाइडेन-ह्यारिस प्रशासनले एसिया प्रशान्त क्षेत्रलाई दिएको प्राथमिकता दर्शाउँछ, साथै २१ औं शताब्दीका चुनौतीलाई नयाँ बहुपक्षीयताका माध्यमबाट सामना गर्न लागेको पनि देखाउँछ,’ प्रवक्ता साकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘क्वाडका नेताहरूले हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउने, कोभिड-१९ नियन्त्रण, जलवायु परिवर्तन, नयाँ प्रविधि र साइबर स्पेशमा सहकार्य र खुला र स्वतन्त्र एसिया प्रशान्त क्षेत्र बनाउने विषयमा केन्द्रित भएर छलफल गर्ने छन्।’

Leave a Reply