बालुवाटारमा सत्ता गठबन्धनको बसे बैठक !

379

२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो ।

काठमाडौं । मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको छ । । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक  प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी हुनेछन्।

सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसीका सन्दर्भमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।

Leave a Reply