सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व विकास र भूमिका विषयकअन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनसन बस्नुपर्ने स्थिति आउन नदिनको लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताए।
नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याइने बताए।
नले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यौं भने हाम्रो धेरै समस्याको हल हुन्छ।’
थापाले आफूलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेको पनि बताए।
म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिलेजस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ,’ उनले भने, ‘खासगरी नौजवान साथीहरूलाई मेरो आह्वान छ, तपाईं-हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्ने छ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो।’