एमालेको तेस्रो धारका नेताहरु अलमल र अनिश्चयको घेराबन्दीमा

722

एमालेले माधव नेपाल समूहमा रहेका तेस्रो धारका नेता–कार्यकर्ता भित्र्याउन गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखा पर्न थालेको छ । यही समस्याले गर्दा एमालेमै बसेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुको राजनीतिक अडान र उनीहरुले भन्दै आएको पार्टी एकतामाथि नै प्रश्न उठ्न पुगेको छ ।पार्टी विभाजनमा कतै नखुलेका कार्यकर्ता तान्ने दुवै पक्षको कसरत जारी रहेकै बेला जेठ २ अघिको एमाले पार्टी संरचनामा फर्काउने भनिएको दश बुँदे कार्यान्वयनप्रति अध्यक्ष ओली पछि हटेको अर्थका रुपमा बुझ्न थालिएको छ ।

यसले दोस्रो पुस्ताका तेस्रो धारका नेताहरु अलमल र अनिश्चयको घेराबन्दीमा परेका एमालेमा लामो समय माधव नेपालसँग रहेका तर पार्टी विभाजनका बेला नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यान्वयनको विषय उठान गरिरहेका छन् । तर, यही बेला पीपीएलको एक पक्षीय भेला र महासचिव ईश्वर पोखरेलले जेठ २ अब एमाले फर्कन नसक्ने फैसला सुनाएपछि एमालेमा १० बुँदे कार्यान्वयनबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।

एमालेमा लामो समय माधव नेपालसँग रहेका तर पार्टी विभाजनका बेला नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यान्वयनको विषय उठान गरिरहेका छन् । तर, यही बेला पीपीएलको एक पक्षीय भेला र महासचिव ईश्वर पोखरेलले जेठ २ अब एमाले फर्कन नसक्ने फैसला सुनाएपछि एमालेमा १० बुँदे कार्यान्वयनबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।‘सहमति कार्यान्वयन गर्ने सवालमा संस्थापन पक्षको व्यवहार हेर्दा इमान्दार देखिएनन् । पेलेरै जानेजस्तो नीति देखियो, यसले हामीलाई झस्काएको छ’, तेस्रो धारका एक नेता भन्छन् ‘हामी दोधारमै छौं ।’

 

 

Leave a Reply