बन्दुक समातेर होइन अब औजार समातेर जनताको सेवा गर्नुपर्छ : प्रचण्ड

548

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भविष्यमा मुलुक प्रतिक्रान्ति र प्रतिगमनमा नजाओस् भनी कामना गरेका छन्। उनले माओवादीले शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट समाजवादमा लाग्नुपर्ने बताए।

‘जनपरिचालनलाई नयाँ उचाइमा उठाएर ज्ञान र प्रविधिलाई प्रयोग गरी समाजवादी क्रान्ति गर्नु छ,’ शनिबार वाइसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने।

उनले आफूहरू सिधा सिधा बुझ्ने भन्दै खासगरी एमाले केपी ओली प्रवृत्ति पछिल्लोपटक सहनुपरेको उनले बताए।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उनले भने, ‘के को लागि भनेको छ भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ। लेवल एउटा रक्सी अर्कै राख्नुहुँदो रहेछ।’

ओलीसँग सहकार्य गरेर आफूलाई बेकार भने नलागेको उनले बताए।

‘कतिपयले बेकार एकता गरेछ भन्ने पनि भन्लान्, लागेको होला। मलाई लागेको छैन। कुरा राम्रै थियो, अध्यक्ष पनि प्रधानमन्त्री पनि पालोपालो। ठगी धन्दा रहेछ। तमसुकमा सही गरेपछि हुन्छ होला भन्ने भयो। लगेको लगै पारे,’ उनले भने।

पाँच राजनीतिक दलीय गठबन्धनको मिटिङमा अरू राजनीतिक दलका नेताले आफूलाई ओलीसँग सहकार्य गरेर के पाउनुभो भनी सोध्ने गरेको बताए।

‘मैले ज्ञान प्राप्त गरेर आएँ भने। त्यो ज्ञान कांग्रेसलाई र माधवजीलाई पनि काम लाग्छ। ज्ञान चाहिँ प्राप्त भयो,’ उनले भने।

तर, आफूहरू घिउभन्दा नरम कोमल पनि र साह्रै अत्यचार भएपछि विद्रोह गर्ने कठोर पनि रहेको उनले बताए।

‘बेइमानी, जालझेल छलकपड लाई हामीले नै विद्रोह गर्‍यौं। परास्त कसले गर्‍यो त? वादशाहलाई घोडाबाट ढालियो नि,’ उनले भने।

Leave a Reply