राष्ट्रिय युवा संघ नेपालले अहिलेको बर्तमन परिस्थितिमा महिलाहरुको सुरक्षाको निमित्त सेल्फ डिफेन्स तालिम देई आफ्नो सुरक्षा कसरी गर्न सकिने भनेर एक कार्यक्रम गरि प्रशिक्षण दिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको खेलकुद बिभाग द्वारा आयोजन गरेको प्रशिक्षणमा महिलाहरु दिन प्रतिदिन भएको महिला हिंसा, दुव्र्यवहार, हत्या बलात्कार जस्ता कुरामा महिलाले नै सेल्फ सुरक्षा गर्न सकोस भन्ने उद्येश्यको साथ कार्यक्रम गरेको हो । करातेका केशर सुब्बा ,सन्जु तामङ,अपसारा घर्ति मगर, पवन बोहोराले प्रशिक्षण गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल को स्थाई कामिटी सदस्य कुबेर अधिकारी को सभापति मा प्रमुख अतिथि नेकपा एमालेको केन्द्रीय सदस्य महेश बस्नेत बिशेस अतिथि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेल , उप-अध्यक्ष उर्मिला सुनुवार तथा अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य बसन्त थोकर, केन्द्रीय सद्स्य रेसु लामा लगायत को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।
हेर्नुस भिडियो –
Thank you to entire team for such a good work …& all the best for future projects too….